
News
अभिभावक एवं विद्यार्थीहरूमा जानकारी
आदरणीय सम्पूर्ण अभिभावक एवं प्यारा विद्यार्थी भाइबहिनीहरूमा सादर नमस्कार !!!
विश्वभरि अनियन्त्रित रूपमा फैलिएको कोरोना भाइरसका कारण अहिले हामी सबै आआफ्ना घरमा मनभरि डरैडर बोकेर सुरक्षित बसिरहेका छौँ । हामी स्वस्थ र सुरक्षित रहन सकेमा मात्र भोलि आफ्नो क्षमता अनुसार सत्कर्म गर्दै आफ्नो भाग्य आफैँ कोर्न सक्छौँ अनि रमाएर जिउन पनि सक्छौँ । अहिले विद्यालयमा गएर अध्ययन – अध्यापन गर्ने औपचारिक वातावरण गुमेको विषम परिस्थितिमा विद्यालयले आफ्ना विद्यार्थीहरूलाई केही हदसम्म भए पनि सक्रिय गराउन प्रत्येक तहका विद्यार्थीहरूलाई गृहकार्य लगायतका पाठ्यसामग्री पठाउन सुरु गरेको व्यहोरा यहाँहरूमा अवगत गराउँदै सो कार्यमा सम्बन्धित अभिभावकज्यूले आफ्ना नानीबाबुहरूलाई सहयोग गरी विद्यालयले निर्धारण गरेको समयमा दैनिक रूपमा पठाएर सहयोग गरिदिन सविनम्र अनुरोध गरिन्छ ।
विद्यार्थीहरूमा सूचना !
विद्यालयले लकडाउनको समयमा पनि विद्यार्थीहरूको प्रतिभालाई सक्रिय गराई राख्ने उद्देश्यले नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई तहगत रूपमा दिइएका विषय तथा शीर्षकमध्ये कुनै एकमा भाग लिई मिति २०७७ जेठ ४ गते आइतबारसम्ममा विद्यालयको औपचारिक gmail ( sunshine.bkt17@gmail.com) मा पठाउन अनुरोध गरिन्छ । तोकिएको मितिभन्दा पछि पठाएमा प्रतिस्पर्धाका लागि योग्य हुनेछैन । साथै विद्यालय खुलेपछि तहगत रूपमा उत्कृष्ट प्रतिभालाई पुरस्कृत गरिने छ ।
1. नर्सरीदेखि कक्षा तीनसम्म : Craft, drawing , Singing video , Dancing Video ( single or group dance with family members), औपचारिक रूपमा परिवारका सदस्यसँगै मिलेर काम गरेको कुनै कामको भिडियो ।
2. कक्षा ४ देखि कक्षा ७ सम्म : Dancing Video (Single or group dance with family members) in Nepali Song, singing video, Craft, Drawing, औपचारिक रूपमा परिवारका सदस्यसँगै मिलेर गरेको कुनै कामको भिडियो, कुनै पनि विषयको मौलिक लेख तथा रचना (self created article).
3. कक्षा ८ देखि १० सम्म : Dancing Video (Single or group dance with family members) in Nepali Song, singing video, Craft, Drawing, औपचारिक रूपमा परिवारका सदस्यसँगै मिलेर गरेको कुनै कामको भिडियो, कुनै पनि विषयको मौलिक लेख तथा रचना (self created article), आफैँले निर्माण गरेको कुनै वस्तुको फोटो ( त्यो निर्माण गरेको वस्तु विद्यालय खुलेपछि ल्याएर अनिवार्य पेस गर्नुपर्ने) । ‘
धन्यवाद !
प्रिन्सिपल
Annual Programme 2076 B.S.
Some glimpses of Annual Programme 2076
Annual Programme 2074 B.S.
The graduation ceremony for pre-primary students was conducted at Sunshine National School for 2074. There was also prize distribution for academic performance.